आयोगमा ३२ दल दर्ता ठूला दल अझै बाँकी
ratopati.com
स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आयोगमा ३२ वटा दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेसम्म दल दर्ता हुनुपर्ने समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप छवटा दल दर्ता भएका छन् ।
बिहीबार मात्रै पिछडावर्ग निषाद दलित जनजाति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल, समाजवादी केन्द्र नेपाल, नेसनलिस्ट पिपुल्स पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल र आमूल परिवर्तन मसिहा पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगमा हालसम्म १०९ वटा राजनीतिक दल दर्ता भएकोमा ७३ वटा दल अझै स्थानीय निर्वाचन प्रयोजनका लागि दर्ता भएको छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)