सोलुखुम्बुका दुई वडा कार्यालय पहिरोको उच्च जोखिममा, ११ परिवार विस्थापित
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । सोलुखुम्बुमा लगातारको वर्षाका कारण गएको पहिरोले ठूलो जनधनको क्षति पुर्याउने जोखिम बढाएको छ। जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ परिवार विस्थापित हुन पुगेका छन्।
सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ का वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका छन्। सोलुदूधकुण्ड–३ मा वडा कार्यालयभन्दा माथिबाट गरिएको सडक विस्तारका कारण गएको ठूलो पहिरोले वडाको शौचालय बगाएको छ भने प्रशासनिक भवन र नजिकै रहेको स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेका छन्। वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाका अनुसार पहिरो निकै ठूलो भएकाले तत्काल रोकथाम गर्न सम्भव छैन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)