फाइल सातदिन भित्र टुङ्गो लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन
barnanmedia.com · Sun Aug 31 22:37:27 GMT 2025

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिएका छन् ।
कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले अबदेखि सात दिनभित्र मन्त्रालयमा पुगेका राय, परामर्श र अन्य सबै खाले फाइल टुङ्गो लगाउन निर्देशन दिए । उनले सात दिनभित्र फाइल किनारा लगाउन नसक्ने भए के कारणले लागेन भन्ने कारणसहित सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने बताए । उनले भने, “फाइल अड्काउने प्रवृत्ति राम्रो होइन, यसमा सुधार होस् ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)