आईसीसी क्रिकेट विश्वकप लिग २ः नेपालद्वारा क्यानडा २४ रनले पराजित
corporatenepal.com · Sun Oct 11 13:32:49 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ ।
ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो ।