षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल
gorkhapatraonline.com · Sun Sep 04 00:39:47 GMT 2022
काठमाडौँ, भदौ १९ गते । आबाल ब्रह्मचारी षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गरिएको छ। उहाँले १८९२ सालमा भोजपुरको दिङ्लामा जन्मेर राणाकालीन समयमा (१९३२ साल)मा शिक्षाको ज्योति फैलाउन पाठशाला स्थापना गर्नुभएको थियो।
उहाँले नेपालमा नै जनस्तरमा पहिलो विद्यालय खोली त्यसको सञ्चालनका लागि स्थायी आम्दानीका लागि गुठीसमेतको स्थापना गरी उल्लेखनीय योगदान गर्नुभएको थियो। यसबाहेक समाज सुधारका लागि पनि उहाँको उल्लेख्य योगदान रहेका आधारमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान, काठमाडौँले उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)