दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट
nepalnews.com · Sun Oct 11 14:28:47 GMT 2026

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा–चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए। केही दिनअघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)