विराट गोल्डकपको उपाधि एपीएफलाई
ratopati.com
विराटनगर । विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ ।
खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफका प्रदिप लामा नायक बने । उनले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । खेलको सुरुवातदेखि आक्रामक देखिएको एपीएफका बुद्धिमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)