बोलबम यात्रु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते, चालक भागे
himalpress.com · Mon Aug 10 01:13:58 GMT 2026

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार साँझ बोलबम यात्रु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरतर्फबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको बोलबम श्रद्धालु भक्तजन सवार ज।१ त ४८०८ नम्बरको ट्याक्टर साँझ ८ बजेतिर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)