मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?
khabarhub.com · Mon Aug 10 01:17:44 GMT 2026

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरी तथा प्रशासनद्वारा साउन २५ गते बिहान ६ बजेसम्मको अध्यावधिक विवरण अनुसार कोशी र बागमती प्रदेशका थुप्रै प्रमुख सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका हुन्।
कोशी प्रदेशअन्तर्गत मध्यपहाडी लोक मार्गको भोजपुर नगरपालिका–०५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि अर्को वैकल्पिक बाटोसहित यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। त्यसैगरी मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–०९ राजदुवाली खण्डमा पहिरो जाँदा झापादेखि ताप्लेजुङ जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा वैकल्पिक बाटोमार्फत सवारी साधन डाइभर्ट गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)