योजना विनाका शहर
himalkhabar.com · Thu Dec 08 01:17:00 GMT 2022
आधारभूत पूर्वाधार र योजना विना अव्यवस्थित रूपमा बस्ती विस्तारसँगै निर्माण भएका नेपाली शहरहरू शहरी विकासको सभ्यतामै खराब उदाहरण बनेका छन्।
शहर हुन जनघनत्व, पूर्वाधार विकास सहित अन्य धेरै पाटो आवश्यक हुन्छ। नेपालमा प्रशासकीय केन्द्र तथा मुकामको विस्तार तथा गाउँठाउँका मानिस सेवासुविधा र अवसरको खोजीमा सुगम ठाउँमा बसाइँ सर्ने क्रमले शहरको रूप लिएको पाइन्छ। शहरको नाममा बस्ती विस्तार भए पनि शहरीकरणका आधारहरू नै हामीकहाँ नबनेको त्रिभुवन विश्वविद्यालय, ग्रामीण विकास विभागका उपप्राध्यापक भवदत्त सापकोटा बताउँछन्। “गाउँहरू शहर हुनु र ती शहर अझ् ठूला शहर हुनुलाई नै विकास मानियो। व्यवस्थित पूर्वाधार विकास, सेवाको विशिष्टीकरण जस्ता अन्य सबै आयाम ओझेलमा पारियो,” उनी भन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)