फ्रि च्याटजीपीटी चलाउने प्रयोगकर्ताले पनि असीमित च्याट सुविधा पाउने, थपियो शक्तिशाली नयाँ मोडेल
techpana.com · Mon Aug 10 01:25:48 GMT 2026

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमा सबै प्रयोगकर्ताका लागि टेक्स्टमा आधारित च्याटमा रहेका सीमाहरू हटाउने घोषणा गरेको छ । च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ताको आँकडा १ अर्ब नाघेको अवसरमा कम्पनीले यो ठुलो अपडेट ल्याएको हो ।
अब नि:शुल्क र गो प्रयोगकर्ताहरूका लागि GPT-5.6 Luna डिफल्ट मोडेलको रूपमा रहनेछ । यो नयाँ मोडेलले पुरानो GPT-5.5 लाई प्रतिस्थापन गर्नेछ । यसका साथै, नि:शुल्क प्रयोगकर्ताहरूले अब नयाँ Think बटनको सुविधा पनि पाउनेछन् । यस बटनको प्रयोग गरी जटिल प्रश्नहरूको समाधानका लागि उच्च रिजनिङ पावर (reasoning power) चयन गर्न सकिनेछ । ओपनएआईका अनुसार फाइल अपलोड, इमेज, भ्वाइस र इमेज जेनेरेसनका लागि भने सीमाहरू यथावत् रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)