नेपालको पहिलो ओटीटी एप नेटटीभीले पायो सञ्चालन इजातपत्र, डिजिटल मनोरञ्जन सेवा दिने
clickmandu.com · Tue Jun 30 04:54:06 GMT 2026

ललितपुर । नेपालको पहिलो ओटीटी एप नेटटीभीले सरकारबाट आधिकारिक रूपमा ओभर दि टप (ओटीटी) प्रसारण सेवा सञ्चालनको अनुमति पाएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले नेट टिभी प्रालिलाई इजाजतपत्र प्रदान गरेको हो ।