मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चकाचक होला त सन् २०२२ मा पर्यटन ?

abhiyandaily.com

सन् २०२२ अगस्ट महीनाको पहिलो हप्ता विश्व पर्यटन संगठन (यूएन डब्ल्यूटीओ) ले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ को पहिलो ५ महीनामा २५० मिलियन पर्यटकले विश्वका विभिन्न देश घुमिसकेका छन् । यो तथ्यांक भनेको सन् २०२१ को पहिलो ५ महीनामा विश्वका विभिन्न देश घुम्न निक्लेका पर्यटकको संख्याभन्दा ४६ प्रतिशतले बढी हो । स्मरणीय छ, सन् २०२१ को पहिलो ५ महीनामा ७७ मिलियन पर्यटकले विश्वको विभिन्न देश भ्रमण गरेको तथ्यांक देखिन्छ ।

तर, यही गतिमा विश्व पर्यटनले फस्टाउने अवसर पाउने नपाउने भन्ने चाहिँ विश्वको अर्थतन्त्र र विश्व भूराजनीतिको तत्कालीन अवस्था कस्तो हुने हो, सोहीअनुसार हुने देखिन्छ । भनिन्छ, रूस–युक्रेन युद्ध बढीमा २ हप्तामा सकिने भनी आकलन गरिएको थियो । तर, लम्बिएर लगभग ६ महीना पुग्नै आँटेको छ । अझ कति समयसम्म लम्बिने हो, टुंगो छैन । अमेरिकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण र त्यसलगत्तै चीनले ताइवानलाई लक्षित गरेर गरेको युद्घ–अभ्यास, चीन–भियतनामबीच समुद्री विवाद, रूस र युरोपेली संघबीचको ग्यास पाइपलाइनको विवाद अचानक युद्घमा परिवर्तन भएमा विश्व पर्यटनले फेरि अधोगतिको बाटो समात्नेबाहेक अर्को उपाय छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)