स्वदेशी तथा विदेशी विश्वविद्यालयमा विद्यार्थीले ‘क्रेडिट ट्रान्सफर’ गर्न पाइने
kendrabindu.com · Mon Aug 10 02:51:01 GMT 2026

काठमाडौं । स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढाइ छाड्नु परेर वा अन्य कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नुपरेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्।
नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफरसम्बन्धी छुट्टाछुट्टै अभ्यास गर्दै आए पनि यससम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन्। विश्वविद्यालय अनुदान आयोगले गत वैशाखमै क्रेडिट ट्रान्सफरसम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)