मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसलाई हतियार नबेचेको उत्तर कोरियाको दाबी

ekantipur.com · Fri Sep 23 01:06:49 GMT 2022

मस्को/सोल — उत्तर कोरियाले रुसलाई कुनै पनि हतियार बिक्री नगरेको प्रस्ट पारेको छ । रुसले आफ्नो कोत पूर्ववत् अवस्थामा राख्नका लागि उत्तर कोरियासँग सम्झौता गरेको अमेरिकी अधिकारीले दाबी गरेका थिए । त्यसका साथै रुसले इरानी हतियार पनि खरिद गरेको र त्यो पश्चिमा देशले रुसविरुद्ध लगाएका प्रतिबन्धको उल्लंघन भएको अमेरिकी अधिकारीको भनाइ छ ।

त्यसको प्रतिक्रियामा उत्तर कोरियाले आफूले कुनै पनि देशलाई कुनै हतियार बिक्री नगरेको बताएको हो । ‘हामीले कहिल्यै पनि हातहतियार रुसमा निर्यात गरेका छैनौं, न त त्यस्तो योजना नै छ,’ एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ । सैन्य तथा राजनीतिक उद्देश्य पूर्तिका लागि अमेरिका र अन्य विरोधी शक्तिहरूले अफवाह फैलाएको केसीएनएले आरोप लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)