लेदोसहितको पहिरो पन्छाएपछि बीपी राजमार्ग दुईतर्फी नै सञ्चालनमा
nepalviews.com · Mon Aug 10 03:02:35 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थली र नार्केमा खसेको लेदोसहितको पहिरो हटाएपछि बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी तथा डीएसपी रविन विष्टका अनुसार बिहान करिब ४ बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको थियो। सडक बन्द भएपछि केही समयका लागि यातायात सेवा ठप्प भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)