आम्दानी बढाउँदै बिमा कम्पनी
annapurnapost.com · Sat Aug 13 00:05:00 GMT 2022
काठमाडौं : मुलुकमा जीवन बिमाको पहुँच क्रमशः बढ्दै गएको छ। बिमा कम्पनीको व्यवसाय बढेसँगै बिमा शुल्कबापत संकलित रकमको आकार पनि बढ्दै गएको छ। समग्रमा १९ जीवन बिमा कम्पनी २०७८/७९ मा बिमाबापत १ खर्ब ३८ अर्ब ६४ करोड बराबरको बिमा शुल्क आर्जन गर्न सफल भएका छन्। बिमा कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा १४.४६ प्रतिशतले बढी हो। २०७७/७८ भर जीवन बिमा कम्पनीले १ खर्ब २१ अर्ब १२ करोड ८९ लाख बिमा शुल्क संकलन गरेका थिए। २०७६/७७ मा १९ जीवन बिमा कम्पनीले ९४ अर्ब ३८ करोड बिमा शुल्क संकलन गरेका थिए।
नयाँ बिमा गरेरभन्दा पनि बिमितले नवीकरण गरेबापत धेरै आर्जन गरेको तथ्यांकले देखाएको छ। यसकारण कुल बिमाशुल्कमा नवीकरणको अंश बढी छ। यसर्थ, सो आवभरि कम्पनीले ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका छन्। यो कुल बिमाशुल्कको २९.९० प्रतिशत हो। यस्तै, कम्पनीले नवीकरणमार्फत ९७ अर्ब १९ करोड ३४ लाख, वैदेशिक रोजगारमा गएकाको बिमालेखबापत २२ अर्ब ७४ करोड ४६ लाख कमाएका छन्। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले बिमाबापत शुल्क आर्जन गरेको छ। गत आवमा नेपाल लाइफले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीले प्रथम बिमा शुल्क संकलनमा फड्को मार्दै सबैभन्दा धेरै प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको छ। कुल बिमाशुल्कमध्ये पनि ७ अर्ब ३७ करोड २४ लाख रुपैयाँँ प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको छ। यसबाहेक २८ अर्ब १ करोड ११ लाख नवीकरणबाट आर्जन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)