विराट गोल्डकप फुटबल : सांग्रीला मोरङ फाइनलमा
ekantipur.com · Wed Apr 03 17:22:59 UTC 2024
विराटनगर — छैटौं संस्करणको विजेता एपीएफलाई सडनडेथमा ४–३ गोलले हराउँदै घरेलु टिम सांग्रीला फुटबल क्लब मोरङ आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
बुधबार राति सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसहित १ सय २० मिनेटको खेलमा हारजितको टुंगो नलागेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि नतिजा सडनडेथबाट निकालिएको थियो । सडनडेथमा सांग्रीलाका आशीष चापागाईं, अभिशेक लिम्बु, उमेश कार्की र किरण राईले गोल गर्दा विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहारलाई एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)