रेमिटेन्सले देश धान्यो, अब डायस्पोराले देश बनाउनुपर्छ
nepalpress.com · Mon Aug 10 03:31:19 GMT 2026

नेपालको अर्थतन्त्र एउटा विरोधाभासमा उभिएको छ । देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन । तर बिदेसिएका नेपालीले पठाएको पैसाले अर्थतन्त्रको ठूलो हिस्सा धानिरहेको छ । विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् २०२४ मा नेपालले प्राप्त गरेको व्यक्तिगत रेमिटेन्स कुल गार्हस्थ्य उत्पादनको करिब २६.२ प्रतिशत बराबर थियो ।
यसले लाखौँ परिवारको शिक्षा, स्वास्थ्य र दैनिक जीवन धानेको छ, गरिबी घटाउन सहयोग गरेको छ र विदेशी मुद्रा सञ्चितिमा महत्त्वपूर्ण योगदान दिएको छ । तर प्रश्न अब रेमिटेन्स कति आयो भन्ने होइन । बिदेसिएका नेपालीले कमाएको पैसा नेपाल ल्याउने कि उनीहरूले कमाएको ज्ञान, सीप, प्रविधि, पुँजी र विश्वव्यापी पहुँच पनि नेपालसँग जोड्ने ? नेपालको भावी आर्थिक नीतिको केन्द्रमा यही प्रश्न हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)