टाइफुन डल्फिन : पूर्वी चीनबाट १० लाखभन्दा बढी मानिस विस्थापित, साङ्घाईमा उडानहरू रद्द
nepalviews.com · Mon Aug 10 03:37:02 GMT 2026

साङ्घाई । शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ आइतबार साँझ पूर्वी चीनको तटमा ठोक्किएपछि साङ्घाईसहित विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।
मौसम पूर्वानुमान अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार बेलुका ५:३० बजे जिजियाङ प्रान्तको युहुआनमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा उक्त आँधी ठोक्किएको थियो। त्यसको करिब एक घण्टापछि आँधी दोस्रो पटक वेन्झाउ सहरमा पुगेको थियो। आँधीका कारण यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ भने यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। विशेष गरी साङ्घाईमा मात्रै १,४०० भन्दा बढी उडानहरू रद्द गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)