काठमाडौँ उपत्यकामा सोमबारदेखि तोकिएका स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने (सूचीसहित)
ratopati.com · Sun Oct 11 17:09:09 GMT 2026

काठमाडौँ । नेपाल एल।पि। ग्यास उद्योग संघले चाडपर्वको अवसरमा उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानबाट एलपी ग्यास बिक्री वितरण तथा सिलिन्डर साटफेरको विशेष व्यवस्था गरेको छ । नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ गते सोमबारदेखि असोज ३० गते शुक्रबारसम्म बिहान ११ः०० बजेदेखि अपराह्न ०४ः०० बजेसम्म यो व्यवस्था मिलाइएको हो ।
संघका अध्यक्ष दिवान चन्दद्वारा आइतबार जारी विज्ञप्तिअनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात सहज रूपमा भइरहेको छ। गत भदौ महिनामा मात्र ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको जनाइएको छ । यद्यपि, चाडपर्वको समयमा कतिपय उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एक ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो गरेपछि उपत्यकामा बजारिकरण भइरहेका सबै ब्रान्डका सिलिन्डर साटफेर र बिक्रीको तालिका सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)