हर्मुज खुला गरे परमाणु सम्झौता बिनै इरान युद्ध अन्त्य गर्न अमेरिका तयार !
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता बिनै युद्ध अन्त्य गर्ने विकल्पमाथि विचार गरिरहेका छन् । द वाल स्ट्रीट जर्नल को रिपोर्टअनुसार, इरानले हर्मुज स्ट्रेटलाई पूर्ण रूपमा खुला गरे अमेरिका यो द्वन्द्वबाट पछि हट्न तयार भएको हो ।
रिपोर्टमा उल्लेख भएअनुसार ट्रम्पले विगत केही सातादेखि यही विकल्पमा काम गरिरहेका छन् । उनले आफ्ना वरिष्ठ अधिकारीहरूसँगको निजी कुराकानीमा तेहरानसँग नयाँ परमाणु सम्झौता नभए पनि अमेरिकाले यो संघर्ष समाप्त गर्न सक्ने स्पष्ट पारेको रिपोर्टमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)