तालिबान सरकारले गर्यो नौ निजी विश्वविद्यालयको इजाजतपत्र रद्द
nepalviews.com · Mon Aug 10 04:06:07 GMT 2026

एजेन्सी । अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा नक्कली विद्यार्थी देखाइएको आरोपमा नौ निजी उच्च शिक्षा संस्थाको सञ्चालन इजाजतपत्र निलम्बन तथा खारेज गरेको छ ।
उच्च शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सात निजी उच्च शिक्षा संस्थाको इजाजतपत्र एक वर्षका लागि निलम्बन गरिएको छ भने दुई संस्थाको इजाजतपत्र स्थायी रूपमा खारेज गरिएको छ । मन्त्रालयले सन् २०२६ को वसन्त सेमेस्टरमा गरिएको निरीक्षण तथा मूल्याङ्कनका आधारमा यस्तो निर्णय गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)