शिक्षासहित चारवटा समितिको बैठक बस्दै
nepalnews.com · Mon Aug 10 04:16:58 GMT 2026

काठमाडौँ। संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, पूर्वाधार विकास समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)