स्वर्णको लक्ष्य
nepalnews.com · Mon Aug 10 04:15:19 GMT 2026
१९औँ एसियाली खेलकुदमा नेपाली कराते टोली पदकको आशासहित अघि बढिरहेको थियो। टोलीका कप्तान विप्लवलाल श्रेष्ठतिर सबैको नजर थियो। पुरुष ८४ केजी तौल समूहको कुमुतेमा उनले पहिलो खेलमै ताजकिस्तानका उमेद साफारोभलाई १२-४ ले पराजित गर्दै सुखद सुरुआत गरे। तर, क्वार्टरफाइनलमा किर्गिस्तानका अदिलेत सादिकानोभसँग ५-१ ले पराजित भएपछि उनको स्वर्ण यात्रामा पूर्णविराम लाग्यो।
यद्यपि, अदिलेत फाइनलमा पुगेपछि विप्लवले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने अर्को अवसर पाए। रिपेचेजको पहिलो खेलमा बाई पाएपछि उनी कांस्य पदकको भिडन्तका लागि साउदी अरबका मोहम्मद अली तारेगी हामिदसँग आमनेसामने भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)