मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश

barnanmedia.com · Mon Jun 08 19:15:00 GMT 2026

मध्यपूर्वमा इरान–इजरायलबीच तनाव पुनः चुलिँदै गएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले इरानसँग गर्ने कुनै पनि सम्भावित सम्झौता स्वीकार गर्नुपर्ने बताउनुभएको छ । इरानले युद्धविरामपछि पहिलोपटक इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको घटनापछि केही घण्टामै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

फाइनान्सियल टाइम्ससँगको टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी नीति अन्तिम रूपमा वासिङ्टनले निर्धारण गर्ने स्पष्ट सङ्केत दिँदै नेतान्याहुसँग ‘अमेरिकाले गरेको सम्झौता स्वीकार गर्नुबाहेक अर्को विकल्प नरहने’ बताउनुभयो । उहाँले इजरायलको निर्णय प्रक्रियामा निर्णायक भूमिका अमेरिकाकै रहने दाबी पनि गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)