महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्याे ‘श्रावण र शृङ्गार’ कार्यक्रम
nepalsamaya.com · Mon Aug 10 04:24:39 GMT 2026

काठमाडौं- नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा 'श्रावण र शृङ्गार' कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने श्रावणको महिनाको अवसरमा श्रावण २३ र २४ गते सञ्चालन गरिएको हो।
शनिबार र आइतबार बिदाको दिन आयोजित कार्यक्रमले इसेवा प्रयोगकर्ताहरू, सामाजिक सञ्जालमार्फत उपस्थित सहभागीहरूसहित विभिन्न क्षेत्र तथा पृष्ठभूमीका महिलाहरूलाई नजिक ल्यायो। यस कार्यक्रमले सहभागीहरूलाई श्रावण महिना र तीजको सांस्कृतिक उत्साह साथी-सङ्गीसँग एकै ठाउँमा मनाउने र अनुभव गर्ने अवसर दिएको कम्पनीले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)