टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते
khabarhub.com · Mon Aug 10 04:20:43 GMT 2026

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ स्थित पत्थर खोलाको पुलनजिक गुडिरहेको माईक्रो बस (ईभी हाइस) पल्टिँदा ६ जना घाइते भएका छन्।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको ईभी हाइसको अगाडिको बायाँतर्फको टायर अचानक पन्चर भएपछि अनियन्त्रित भई सडकमै पल्टिएको हो। चालक र सहचालकसहित ७ जना सवार उक्त गाडी दुर्घटनामा पर्दा ६ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)