बाँकेमा सशस्त्र प्रहरीको सीमा पैदल गस्ती
deshsanchar.com · Wed Apr 03 17:15:58 UTC 2024

राँझा (बाँके) – बाँकेको भारतसँग जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आजदेखि सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमा पैदल गस्ती सुरु गरेको छ। नेपाल–भारत सीमा दशगजामा क्षेत्रमा रहेको ६ सय ५१ नं जङ्गेपिलरबाट सशस्त्र प्रहरी बल नंं ३० बागेश्वरी गणले सशस्त्र प्रहरी निरीक्षक जालन्दर कसीको नेतृत्वमा एक प्लाटुन टोली चौबिसै घन्टा सीमा गस्तीमा तैनाथ रहने गरी सीमा पैदल गस्ती सुरु गरेको हो।
गस्ती शुभारम्भ समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सीमाको अवस्था बुझ्न र दुवै देशका सुरक्षाकर्मीबीच सहकार्यको विश्वास बढाउन पैदल गस्ती सहयोगी हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)