उपसभापतिमा निर्वाचित भएपछि मधु आचार्यले के भने ?
ratopati.com · Sun Oct 11 18:01:22 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको उपसभापति पदमा निर्वाचित भएपछि ई. मधु आचार्यले आफूहरूले उठाएको पार्टी परिवर्तन र रूपान्तरणको आवाजलाई कार्यकर्ताहरूले अनुमोदन गरेको बताएका छन् । विजयी भए लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्राप्त मतले आफूहरूलाई पार्टी बदल्न थप जिम्मेवार बनाएको उल्लेख गरे ।
आफूले उठाएका एजेन्डालाई महाधिवेशनले स्वीकार गरेको बताउँदै उनले भने, “पार्टीभित्र जुन परिवर्तन र रूपान्तरणको आवाज हामीले उठाएर आयौँ, त्यसलाई साथीहरूले अनुमोदन गर्नुभयो । जुन एजेन्डामा काम गर्ने भनेर हामीले कबुल गरेका थियौँ, त्यसका लागि आधार प्रदान गर्नुभएको छ । अब त्यो पूरा गर्न हामीलाई अझ बढी जिम्मेवार बनाइएको छ ।” जनता र पार्टीका साथीहरूको ठुलो भरोसा मतका रूपमा प्राप्त भएको भन्दै उनले त्यो भरोसा पूरा गर्न बढीभन्दा बढी मिहिनेत र ऊर्जाशील भएर पार्टी बदल्न काम गर्ने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)