जिल्ला पूर्वाधार विकास कार्यालयद्वारा ५१ किलोमिटर सडक कालोपत्र
bishowkhabar.com · Mon Aug 10 04:43:47 GMT 2026

काठमाडौं– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार सो अवधिमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर सडक मर्मतसम्भार गरिएको छ ।
कार्यालयले सडकसँगै अन्य भौतिक पूर्वाधार निर्माणमा पनि उल्लेख्य प्रगति गरेको छ । गत आवमा छ वटा झोलुङ्गे पुल, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण सम्पन्न भएको महतोले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)