मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किम जोङ उनले रोजे उत्तराधिकारी : १३ वर्षीया छोरी उत्तर कोरियाको भावी शासक बन्ने

barnanmedia.com · Thu Feb 12 22:08:10 GMT 2026

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नी छोरी किम जु एलाई आफ्नो राजनीतिक उत्तराधिकारी चयन गरेका छन्। दक्षिण कोरियाको गुप्तचर निकाय नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले बिहीबार त्यहाँका सांसदहरूलाई यस बारे जानकारी गराएको हो।

करिब १३ वर्ष पुगेकी विश्वास गरिएकी जु एले पछिल्ला महिनाहरूमा आफ्ना पितासँगै विभिन्न उच्चस्तरीय र महत्त्वपूर्ण कार्यक्रमहरूमा उपस्थिति जनाउन थालेपछि यस्तो आकलन गरिएको हो। एनआईएसका अनुसार जु ए अहिले तालिम लिने चरणबाट अघि बढेर उत्तराधिकारी चयनको आधिकारिक चरणमा पुगेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)