सोमबार हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना
gorkhapatraonline.com · Sun Oct 11 18:15:55 GMT 2026

नेपाल मौसम विज्ञान विभागका अनुसार सोमबार देशको हिमाली र पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव छ । भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्इतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)