चीनमा १० मिनेटमै मस्तिष्कमा प्रत्यारोपण गर्न सकिने 'ब्रेन-कम्प्युटर इन्टरफेस' विकासको दौड तीव्र
techpana.com · Mon Aug 10 04:51:00 GMT 2026

काठमाडौं । चिनियाँ स्टार्टअप र अनुसन्धानकर्ताहरूले केही मिनेटमै मस्तिष्कमा प्रत्यारोपण गर्न सकिने ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई) बजारमा ल्याउने दौड तीव्र बनाएका छन् । अमेरिकी अर्बपति एलन मस्कको न्युरालिंकसँग प्रतिस्पर्धा गर्न बेइजिङले स्वदेशी बीसीआई कम्पनी तथा प्रविधिको विकासलाई प्रोत्साहन गरिरहेका बेला चिनियाँ कम्पनीहरू यस क्षेत्रमा अघि बढ्न खोजिरहेका छन् ।
यी चिनियाँ उपकरणले बिरामीलाई केवल आफ्ना विचारको माध्यमबाट डिजिटल प्रविधि नियन्त्रण गर्न सक्षम बनाउँछन् । परम्परागत बीसीआईमा मस्तिष्कको शल्यक्रिया गर्नुपर्ने भए पनि यी उपकरणलाई नसाबाटै प्रवेश गराउन सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)