सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
clickmandu.com · Mon Aug 10 04:57:47 GMT 2026

एजेन्सी । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको पूर्ण तथा बिना सर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) ले गरेको आह्वान अस्वीकार गर्दै म्यान्माका लागि विशेष दूतको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
म्यान्माका पूर्वसेना प्रमुख तथा वर्तमान राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ मा सुकी नेतृत्वको निर्वाचित नागरिक सरकारबाट सत्ता कब्जा गरेपछि राजनीतिक वैधता हासिल गर्न तथा आसियानसँग सम्बन्ध सुधार्न प्रयास गर्दै आएका छन् । तर, उनको सरकारले आसियानको शान्ति पहल कार्यान्वयनमा अपेक्षित प्रगति नगरेका कारण उनीमाथि क्षेत्रीय समूहका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)