शिल्पी थियटरमा नाटक ‘मिस मेनुका’ मञ्चन
ratopati.com · Mon Aug 10 05:03:26 GMT 2026

काठमाडौँ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा अहिले नाटक ‘मिस मेनुकाः एक संवेदनशील यौनकर्मी’ नियमित मञ्चनमा छ । गत २३ गतेबाट सुरु भएको नाटकले नेपाली समाजमा व्याप्त विभेद, अन्याय, भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई एक यौनकर्मीको जीवन कथामार्फत प्रस्तुत गरेको छ ।