विवाहको प्रलोभनमा कास्कीकी महिलाले गुमाइन् ३१ लाख रुपैयाँ
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन्। सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती महिलाको ठगीको कथा फेसबुकबाट सुरु भएको थियो। बेलायत (यूके) को कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए। कुराकानीकै क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पूर्ण सम्पत्ति बेचेर नेपाल आउन लागेको र नेपालमै घरजग्गा किनेर उनीसँगै जीवन बिताउने आश्वासन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)