कावासोतीमा गाडी दुर्घटना हुँदा ६ जना घाइते, चालक पक्राउ
kendrabindu.com · Mon Aug 10 05:10:31 GMT 2026

काठमाडौं । कावासोतीमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ पत्थर खोलाको पुलनजिक माइक्रो बस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प ०१-००१ ज १००० नम्बरको माइक्रो बस अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भई पल्टिएको हो। गाडीमा चालक र सहचालकसहित ७ जना सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)