मुग्लिङ–पोखरा सडक विस्तार : पश्चिम खण्डमा परीक्षण कालोपत्र
ekantipur.com · Fri Jan 26 17:16:42 GMT 2024
तनहुँ — मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डमा परीक्षण कालोपत्र गरिएको छ । जामुने–पोखरा खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा परीक्षण कालोपत्र गरिएको हो ।
पृथ्वीराजमार्गको हलेदी खण्डमा बिहीबार करिब ३ सय ५० मिटर कालोपत्र गरिएको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले बताए । उनले भने, ‘अहिले भएको कालोपत्रलाई ट्रयालको रुपमा हेरेका छौं । २/३ दिन कालोपत्रको जाँच गरी केही समास्य आउँछ कि भनेर हेर्छौं र आवश्यक परे मेसिन र मिक्सरमा परिवर्तन गर्छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)