मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता होइन, व्यवस्था बदल्ने चुनाव: उपसभापति अर्याल

barnanmedia.com · Thu Feb 12 22:47:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचन सत्ताभन्दा पनि व्यवस्था बदल्ने चुनाव भएको बर्ताएका छन् ।

काठमाडौँ महानगरपालिका–१४ मा बिहीबार घरदैलो कार्यक्रमका क्रममा उपसभापति अर्यालले निर्वाचन केबल सत्ता प्राप्तिको माध्यम मात्र नभई राजनीतिक संस्कृतिको रूपान्तरण, इमानदार नेतृत्व स्थापना तथा परिणाममुखी शासन प्रणाली निर्माणको अवसर भएको बताए । उनले स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर विकासको स्पष्ट कार्य योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । योग्य र काम गर्न सक्ने उम्मेदवारलाई चुनावमा जिताउनुपर्ने उपसभापति अर्यालले जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)