धृतराष्ट्रको कथा, बालेन्द्र र गगनको परीक्षा
ratopati.com · Mon Aug 10 05:24:59 GMT 2026

महाभारत युद्ध किन भयो भन्ने प्रश्नको उत्तर खोज्दा इतिहासले सबैभन्दा ठुलो नैतिक जिम्मेवारी राजा धृतराष्ट्रमाथि राख्छ । भीष्म, द्रोण, शकुनि, दुर्योधन र युधिष्ठिर सबै आ–आफ्नो भूमिकामा थिए । कसैले सही सल्लाह दिए, कसैले गलत बाटो देखाए, कसैले मौनता अपनाए, कसैले अहङ्कार प्रदर्शन गरे । तर राज्यको सर्वोच्च नेतृत्व धृतराष्ट्रकै हातमा थियो । त्यसैले अन्तिम नैतिक जिम्मेवारी पनि उनकै काँधमा आयो ।
श्रीकृष्णले अन्तिम क्षणसम्म युद्ध रोक्न अथक प्रयास गरे । पाण्डवहरूलाई आधा राज्य होइन, केवल पाँच गाउँ दिए पनि युद्ध टर्न सक्थ्यो । तर पुत्रमोह, सत्तामोह र निर्णयहीनताले त्यो अवसर गुमाए धृतराष्ट्रले । धृतराष्ट्रले आफ्ना निकटस्थहरूको अनुचित व्यवहार रोक्न सकेनन् । परिणामस्वरूप हस्तिनापुर विनाशको बाटोमा पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)