स्नो रिभर्सको वित्तीय अवस्था : विद्युत बिक्री आम्दानी, नाफामा २४१ प्रतिशतको उछाल
arthasansar.com · Mon Aug 10 05:23:47 GMT 2026

स्नो रिभर्स लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा २४१ प्रतिशतले बढेको हो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २४१.५० प्रतिशत बढेर ११ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)