नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त
arthasansar.com · Mon Aug 10 05:29:25 GMT 2026

नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिन राज पोखरेल नियुक्त भएका छन् । कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रताव सुवेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बाँकी कार्यकालका लागि मिन राज पोखरेललाई मनोनीत गरी पठाइएको हो ।
नेको इन्स्योरेन्सको साउन २० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले मिन राज पोखरेलको नियुक्ति समर्थन गरी सोही दिनबाट पोखरेलले पदबहादली समेत गरेको कम्पनी सचिव गणेश लम्सालले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)