अस्कर कलेजमा फिल्म साक्षरता अभियान सम्पन्न, नयाँ पुस्तालाई फिल्मका आधारभूत ज्ञान
kalakarmi.com · Mon Aug 10 05:31:20 GMT 2026

काठमाडौं- दुई दशकदेखि फिल्म अध्यापन गराउँदै आएको अस्कर इन्टरनेशनल कलेजले ‘फिल्म साक्षरता अभियान- २०८३’ सम्पन्न गरेको छ । आइतवार कलेजको साधना घर प्रेक्षालयमा आयोजित कार्यक्रममा नयाँ पुस्तालाई फिल्मका विभिन्न विधाबारे आधारभूत ज्ञान तथा व्यावहारिक जानकारी प्रदान गरिएको हो ।
अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकनलगायत फिल्मका महत्वपूर्ण विधाबारे सहभागीलाई जानकारी दिइएको थियो । कलेजका शिक्षकहरू निरञ्जनराज भेटवाल, परासर वाग्ले र नवीन न्यौपाने लगायतले सहभागीलाई फिल्मको भाषा, निर्माण प्रक्रिया तथा विभिन्न प्राविधिक पक्षबारे सहजीकरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)