पाल्पाको चिउरीडाँडामा भीषण दुर्घटना : सबै सवार घाइते
bishowkhabar.com · Mon Aug 10 05:36:36 GMT 2026

काठमाडौं– तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
माथागढी गाउँपालिका–५ बंसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)