सप्तकोशी बैंकको स्मार्ट टेलर सेवा
abhiyandaily.com
काठमाडौं (अस) । सप्तकोशी डेभलपमेन्ट बैंकले सोमबारबाट सबै कार्यालयमा एसकेडीबीएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवाबाट सप्तकोशी बैंकको मोबाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेकबिनै रकम भुक्तानी प्राप्त गर्नेछन् । यसका लागि ग्राहकले कार्यालयको नगद काउन्टरमा रहेको क्यूआर स्क्यान गर्नुपर्नेछ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीले बताए । यसले महामारीको समय सूचना प्रविधिको अधिक प्रयोग गरी विद्युतीय माध्यमबाटै बैंकिङ कार्य गर्न सहज हुने बैंकको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)