मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘जेनजीसँगको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध’

gorkhapatraonline.com · Sat May 16 00:28:19 GMT 2026

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

संविधान संशोधनका विषयमा सुझाव सङ्कलनका लागि कार्यदलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जेनजी आन्दोलनकर्ताहरूले अघिल्लो सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रहसमेत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)