पहिरोपीडित परिवारलाई एक लाख एक हजार सहयोग
nagariknews.nagariknetwork.com · Mon Aug 10 06:05:06 GMT 2026

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गोरखाको लक्ष्मीबजारका पहिरोपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।
वर्षाका कारण गोरखाको लक्ष्मीबजारमा यही साउन १८ गते मानसिंह गुरुङको घर पहिरोबाट क्षति भएपछि विपद्मा परेको परिवारलाई समितिले रु एक लाख एक हजार १११ आर्थिक सहयोग हस्तान्तरण गरेको हो। थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा पदमबहादुर गुरुङले आफ्ना स्वर्गीय बुवा लोकबहादुर गुरुङको स्मृतिमा रु दश लाखको ‘लोक बहादुर गुरुङ स्मृति अक्षयकोष’ स्थापना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)