अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
bishowkhabar.com · Mon Aug 10 06:12:11 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्ने भएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्रीले संवाद गर्न लागेका हुन् ।
छलफलका लागि ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई अर्थ मन्त्रालयमा आमन्त्रण गरिएको छ। मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे छलफल सुरु हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)