पूर्वमेयर सिंहको शव पोस्टमार्टम गर्न बुटवल पठाइयो, प्रहरीमा जाहेरी
baahrakhari.com · Mon Aug 10 06:15:26 GMT 2026

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको शव प्रहरीले पोस्टमार्टमका निम्ति रुपन्देही पठाएको छ । शुक्रबार (साउन २२) दिउँसो कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएका सिंहको शव आइतबार (साउन २५) दिउँसो फेला परेको थियो ।
उनको शव पोस्टमार्टमका निम्ति रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एवं एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको कारण थाहा हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)